‘आनी छोइङ डोल्मा’ निफको ओपनिङ फिल्म



 

काठमाडौँ । आनीछोइङ डोल्माको जीवनीप्रेरित वृत्तचित्र ‘आनी छोइङ डोल्माः नथिङ इम्पोसिबल’ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को ओपनिङ फिल्म रहने भएको छ ।

हङकङस्थित सिटी युनिभर्सिटीमा आमसञ्चारका प्राध्यापक लिनले आनीलाई सात वर्ष पछ्याएर  वृत्तचित्र तयार गरेका हुन् । फेस्टिभल अध्यक्ष केपी पाठकले जेनिफर लिन र सान बाई निर्देशित वृत्तचित्र महोत्सवको उद्घाटनसँगै देखाइने चलचित्रका रूपमा रहने जानकारी दिए ।

डोल्माको साङ्गीतिक यात्रा, भिक्षु जीवन र समाजसेवालाई वृत्तचित्रले प्रस्तुतिको विषय बनाएको जनाइएको छ । निर्देशक लिनले वृत्तचित्र आनीको स्वतन्त्रताको खोजीका रूपमा केन्द्रित रहने बताउनुभयो ।

सन् २०१० मा गरिबीमा हुर्किएका बालिकाको शिक्षाका लागि डोल्माले स्थापना गरेको आर्यतारा स्कुलको भ्रमणपछि वृत्तचित्र बनाउने सोच पलाएको र त्यसको पाँच वर्षपछि काम थालेको लिनले उल्लेख गरेका  छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार