वैशाख २८ मा रिलिज हुने ‘खजुरे ब्रो’ को फस्ट लुक्स पोस्टर सार्वजनिक



पोखरा । महेश त्रिपाठी अभिनित चलचित्र ‘खजुरे ब्रो’ को फस्ट लुक्स पोस्टर सार्वजनिक भएको छ । आगामी वैशाख २८ गतेदेखि रिलिज मिति तोक्दै चलचित्र खजुरे ब्रोको फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको हो ।

चलचित्रका मुख्य कलाकार महेश त्रिपाठीले सामाजिक संजालमा पोस्टर सार्वजनिक गर्दै उत्साहित भएको बताए । दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘खजुरे ब्रो’को सुटिङ एक हप्ता अघि मात्रै धरानमा सकिएको थियो ।

नविन मानन्धर र सुरज सुनुवार निर्माता रहेको चलचित्रका लेखक तथा निर्देशन सुरज सुनुवार हुन् । चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिशंखेको छायांकन रहेको चलचित्रमा अनमोल गुरुङको संगीत, सोनाली शिल्पकारको मेकअप रहेको छ ।

चलचित्रको सह–निर्माता अनिल मानन्धर र पिकेश मानन्धर हुन् । चलचित्रमा इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज रहेको छ । लाइट कमेडीमा आधारित रहेर यो चलचित्रलाई निर्माण गरिएको छ ।

चलचित्रमा महेश त्रिपाठी सँगै रेयर राई, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार