बागमतीका मेयरको जीवनीमा आधारित फिल्म ‘मेयर’ निर्माण हुने



काठमाडौ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जिवनीमा आधारित रहेर निर्माण हुने फिल्म ‘मेयर’को मुहुर्त गरिएको छ । सरस्वती पूजा तथा भ्यालेन्टाइन डेको अवसर पारेर राजधानीको दरबारमार्गस्थित नारायणहिटी मन्दिरमा फिल्मको मुहुर्त गरिएको हो ।

फिल्मका कार्यकारी निर्माता तथा निर्देशक दीपेन्द्र के खनाल हुन् । ‘केही राम्रो काम गरेरै छोड्छु भन्ने दृढ सपना भएको मान्छेले कठीन परिस्थिति घात प्रतिघातका बीचमा पनि संघर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिक रुपमा कसरी राम्रो बाटोमा डोर्याउन सक्छ भन्ने विषयमा फिल्म केन्द्रित हुनेछ,’ उनले भने ।

फिल्ममा शीर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछाने रहनेछन् भने उनको अपोजिटमा वर्षा राउत छिन् । त्यस्तै अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अविंशा चापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायत अन्य कलाकारले फिल्ममा अभिनय गर्नेछन् । फिल्मबाट निर्माताको रुपमा बृष्टिमा खनाल र कलाकारको रुपमा अविंशा थापाले डेब्यू गर्दैछन् ।

फिल्म पटकथा प्रडक्शनले निर्माण गर्न लागेको हो। शर्मिला पाण्डे र श्रृष्टिमां खनाल निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा लेखन, कृष्णबहादुर थापाको छायांकन, जयन जे बाइवा र कल्याण सिंहको संगीत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार