दर्शक नभएपछि लमजुङको सिनेमा हल बन्द



 

लमजुङ ।  लमजुङको बेँसीसहर नगरपालिका–८ मा रहेको जिल्लाको एकमात्र चलचित्र भवन अन्नपूर्ण हल तीन हप्तादेखि बन्द भएको छ । सुविधायुक्त हल भएपनि स्तरीय सिनेमा नहुँदा दर्शक आउन छाडेकाले हल बन्द गरिएको सञ्चालक प्रदीप बस्नेतले जानकारी दिए ।

बन्द हुनुअघिसम्म हिन्दी चलचित्र सालर प्रदर्शन गरिएको थियो । सो चलचित्रले पनि दर्शक तान्न सकेन । दुई सय ७३ सिट क्षमताको यो हलमा विगतमा शहरबजारबाट मात्र नभई ग्रामीण भेगबाट पनि दर्शक आउँदा ‘हाउस फुल’ हुन्थ्यो । सञ्चालक बस्नेतका  अनुसार चलचित्र हेर्ने युवापुस्ता  वैदेशिक रोजगारीमा गएका तथा स्वदेशमा रहेकाहरूले पनि इन्टरनेटको अधिकतम प्रयोग गर्दै चलचित्रको मनोरञ्जन वैकल्पिक रूपमा लिन थालेपछि हलमा आएर सिनेमा हेर्ने दर्शकको सङ्ख्या ह्वात्तै घटेको छ ।

हल बन्द गर्नुपर्दा दैनिक पाँच हजार घाटा हुने गरेको दुखेसो उनले पोखे । “ हल बन्द छ तर तीन जना कर्मचारीलाई मासिक तलब दिएर राखेको छु,” आगामी शुक्रबारदेखि दयाहाङ राई अभिनित नेपाली चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ देखाउने योजनामा रहेको भन्दै उनले उक्त चलचित्रले दर्शन तान्ने अपेक्षा आफूले गरेको बताए ।

विसंं २०४५ मा यस हल स्थापना भएको थियो । विगतमा जिल्लामा यो हल बाहेक सुन्दरबजार, भोटेओडार, भोर्लेटार, सोतीपसललगायत स्थानमा हलहरु सञ्चालनमा थिए । सुन्दरबजारमा रहेको शान्ति चलचित्र हल सात वर्ष अघिदेखि पूर्णरुपमा बन्द छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार