नयाँ चलचित्र ‘पार्वती’ को घोषणा



काठमाडौँ । पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बन्ने नयाँ चलचित्र ‘पार्वती’ को घोषणा गरिएको छ। सुवेदीको जन्मदिनको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो ।

सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘सतीदेवी’ सेन्सर पास भएर प्रदर्शनको तयारीमा रहेको छ । सुवेदीले निर्माण तथा निर्देशन गर्ने चलचित्रले मनोरञ्जनका साथै समाजलाई झक्झकाउने र सोच्न बाध्य गराउनेछ ।

चलचित्र ‘सतीदेवी’ मा बाबु छोरीको सम्बन्धको कथा उठाएका सुवेदीले यस चलचित्रमा सामाजिक प्रेमकथालाई उठाउने सुवेदीले बताए । चलचित्रको टाइटल डिजाईनमा दुई युवतीको छायाँलाई देखाईएको छ।

यो कथासँग मेल खाने र अर्थपूर्ण रहेको सुवेदीले जनाए । दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी छिन् । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुती रहने चलचित्रको प्रदर्शन २०८१ सालको महाशिवरात्रीमा गर्ने तय गरिएको छ। चलचित्रको वितरण श्रीराम बालाजी फिल्म्सका सुनिल मानन्धरले लिएका छन् ।

नेपाली र अंग्रेजी भाषामा बन्ने चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरुको बारेमा भने खुलाइएको छैन। ‘गाउँले केटी मो’ स्लोगन दिइएको चलचित्र ‘पार्वती’ नारी प्रधान कथामा बन्नेछ। चलचित्रको गीत र निर्माण समेत सुवेदीकै रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संगीत गैरेको ‘उद्यमी’

काठमाडौं । बुटवलका युवा उद्यमी संगीत गैरेले ‘उद्यमी’ बोलको गीत ल्याएका छन् ।

भरतचन्द्र गुरुङको तामाङ सेलो ‘आम्बोइ नि’

  काठमाडौँ । नेपाली सेनाका अवकास प्राप्त मानार्थ उपरथी भरतचन्द्र गुरुङको स्वरमा तामाङ

चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

काठमाडौं । यही असोज ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

आईसीसी सिड्नी थिएटरमा ‘१९७४ एडी’ को ऐतिहासिक प्रस्तुति

काठमाडौं ।  चर्चित ब्यान्ड १९७४ एडी ले अष्ट्रेलियास्थित सिड्नीको आईसीसी थिएटरमा पहिलोपटक सांगीतिक