मनाङबाट चलचित्र ‘खुस्मा’ को  छायाङ्कन सुरु



 

मनाङ । चलचित्र ‘खुस्मा’ को पहिलो तालिकाअन्तर्गतको छायाङ्कन सुरु भएको छ । पहिलो तालिकाअनुसार यही माघको १० गतेदेखि मनाङबाट चलचित्रको छायाङ्कन सुरु गरिएको हो ।

हिउँका दृश्य चलचित्रमा राख्नुपर्ने भएकाले मनाङबाट फिल्मको छायाङ्कन सुरु गरिएको निर्माण पक्षले जनाएको छ । यस चलचित्रमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी चलचित्रमा पहिलो पटक एकसाथ देखिन थालेको निर्माण पक्षको भनाइ छ ।

यस चलचित्रलाई नव–निर्देशक अशोक थापा मगरले निर्देशन गरेका हुन्  । मनाङमा १० दिन विभिन्न स्थानको दृश्य खिचेर निर्माण युनिट रुकुम जाने बताइएको छ । यस चलचित्रमा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई, सुस्मिता बुढाथोकी निर्माताका रुपमा रहेका छन् ।

यस चलचित्रमा एस डी योगीको सङ्गीत र दीपक बज्राचार्यले छायाङ्कन गर्नेछन् । । चलचित्रमा अस्तित्व भट्टचन, खड्कबहादुर पुन, अरुण मगरलगायत कलाकारको पनि अभिनय रहने बताइएको छ । एम मिडिया प्रालिको ब्यानरमार्फत निर्माण भइरहेको चलचित्रलाई गोविन्द शाही वितरक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार