गायिका मीरा राणालाई दीर्घसाधना सम्मान



काठमाडौँ। विन्ध्यवासिनी फाउण्डेशनको १०औँ वार्षिक भेलाले ‘विन्ध्यवासिनी म्युजिक अवार्ड–२०८०’ मा सम्मानित तथा पुरस्कृत हुने श्रष्टाको नाम अनुमोदन गरेको छ । शनिबार सम्पन्न भेलाले ‘विन्ध्यवासिनी सङ्गीत दीर्घसाधना सम्मान २०८०’ बाट गायिका मीरा राणालाई रु एक लाख राशिसहित सम्मान गर्ने निर्णय लिएको फाउण्डेशनकी अध्यक्ष लीना रेग्मीले जानकारी दिए।

“सङ्गीतमा जीवन समर्पण गर्नुभएका र भविष्य देख्नुभएकालाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यका साथ हामीले यसको सुरुआत गरेका हौँ”, अध्यक्ष रेग्मीले भने । उनका अनुसार ‘विन्ध्यवासिनी सङ्गीत साधना सम्मान २०८०’ बाट सङ्गीतकार भूपेन्द्र रायमाझीलाई ५० हजारसहित र ‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०८०’ बाट पत्रकार शान्तिप्रियलाई २५ हजारसहित सम्मान गरिनेछ । भेलाको निर्णयअनुसार सबै पुरस्कार आगामी चैत १ गते प्रदान गरिनेछ ।

फाउण्डेशनका सल्लाहकार तथा स्वर्गीय गायक प्रेमध्वज प्रधानप्रति श्रद्धासुमनसहित उहाँको नाममा स्थापित ‘प्रेमध्वज सङ्गीत रत्न सम्मान २०८०’ बाट रुपक डोटेल र स्वर्गीय गायक झलकमान गन्धर्वको नाममा स्थापित ‘झलकमान लोक–सङ्गीत सम्मान २०८०’ बाट लोकदोहोरी गायक राजु परियारलाई सम्मान गर्ने निर्णय उक्त भेलाले गरेको छ । दुवैलाई जनही नगद राशि रु २५ हजारसहित सम्मान गरिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संगीत गैरेको ‘उद्यमी’

काठमाडौं । बुटवलका युवा उद्यमी संगीत गैरेले ‘उद्यमी’ बोलको गीत ल्याएका छन् ।

भरतचन्द्र गुरुङको तामाङ सेलो ‘आम्बोइ नि’

  काठमाडौँ । नेपाली सेनाका अवकास प्राप्त मानार्थ उपरथी भरतचन्द्र गुरुङको स्वरमा तामाङ

चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

काठमाडौं । यही असोज ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

आईसीसी सिड्नी थिएटरमा ‘१९७४ एडी’ को ऐतिहासिक प्रस्तुति

काठमाडौं ।  चर्चित ब्यान्ड १९७४ एडी ले अष्ट्रेलियास्थित सिड्नीको आईसीसी थिएटरमा पहिलोपटक सांगीतिक