यस्तो छ ‘दयारानी’को टिजर



काठमाडौँ । चलचित्र ‘दयारानी’को टिजर सार्वजनिक भएको छ। माघ २६ गतेदेखि प्रदर्शन हुने फिल्मको टिजर बिहीबार सार्वजनिक गरिएको हो । टिजरमा निःसन्तान दम्पत्तीको कथा देखाउन खोजिएको छ।

अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन पतिपत्निको भूमिकामा छन् । माओत्से गुरुङको डेब्यु निर्देशनमा बनेको फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घले, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङलगायत कलाकारको अभिनय छ ।

शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेको फिल्म मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बू र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको छ। फिल्मको कार्यकारी निर्मातामा रामबाबु गुरुङ र अपील विष्ट छन् । बाँसुरी फिल्मस्को प्रस्तुति रहेको फिल्म माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार