‘मेरो निर्वाह गरेको पात्रले मलाई दर्शकसँग नजिक बनाएको थियो’



काठमाडौँ । चलचित्रमा अभिनेता, अभिनेत्रीका भूमिका वा पात्र फरक–फरक देखिने गर्छन् । उनीहरू ग्रामीण परिवेशदेखि सहरिया आवरणमा पनि आफूलाई प्रस्तुत गरिरहेका हुन्छन् ।

निर्देशक र लेखकद्वारा प्राप्त भूमिकालाई जीवन्त बनाउन उनीहरूले अपनाउने शैली भने फरक हुन्छ । अभिनेता राजेश हमालले अभिनयमा तीन दशकभन्दा लामो समय बिताइसकेका छन् । उनलाई ग्रामीण परिवेशदेखि सहरिया भूमिकामा दर्शकले रुचाएका छन् तर उनले बाल्यकालदेखि अभिनय सुरु गर्दा चलचित्रमा निर्वाह गर्ने भूमिकाको जीवनशैली बिताएका थिएनन् ।

यद्यपि उनले त्यसलाई कसरी खोज्नु अथवा बुझे ? अभिनेता हमालले आफूले निर्वाह गरेको चरित्र वा पात्रको ठाउँमा उभ्याएर परिस्थिति र भोगाइ बुझ्ने क्षमता भएमा उक्त जीवन बाच्नु नपर्ने बताए ।

‘दश दिन भोको मान्छेको भूमिका निर्वाह गर्दा मैले त्यसरी नै भोको बस्नुपर्दैन, तर मैले उक्त व्यक्तिको परिस्थिति बुझ्नुपर्छ । यही अनुभवमा मैले काम गरेँ, दर्शकले रुचाउनु पनि भयो’, अभिनेता हमालले भने,’मैले सुरुमा व्यक्तिहरू भेट्दा हाम्रै मान्छे हो भन्नुहुन्थ्यो । मेरो निर्वाह गरेको पात्रले मलाई उहाँसँग नजिक बनाएको थियो ।’

उनले सुरुवाती दिनमा किसान, मजदुरलगायत विभिन्न व्यक्ति वा वर्गको भूमिका निर्वाह गरे । त्यसलाई दर्शकले रुचाए तर अभिनेता हमालले उक्त जीवनशैली वास्तविक जीवनमा अनुभव गरेनन् ।

यसमा नाटक हुँदै चलचित्रमा आउने अभिनेताको शैली भने फरक छ । गुरुकुल नाटकघरमा अभिनय सिक्ने क्रममा अभिनेता कमलमणि नेपाललगायतले भरियाको चरित्र निर्वाह गर्दा त्यसलाई बुझ्न प्रयोगात्मक शिक्षा नै लिएका थिए । अर्थात् भरिया बनेर बजारमा काम गरेर उक्त पात्रले महसुस गर्ने पीडा, बोल्ने शैली, सामाजिक व्यवहारका बारेमा जानकारी लिएका थिए ।

अभिनेता प्रमोद अग्रहरि नाटकघर र चलचित्रमा व्यस्त कलाकार हुन् । उनले निर्वाह गर्ने भूमिका दर्शकले रुचाएका छन् । आपूmले नभोगेको जीवनलाई पर्दामा प्रस्तुत गर्नु सहज नभएको उनले बताए ।

‘मैले जुन भूमिका चलचित्रमा निर्वाह गरेको छु, त्यो वास्तविक जीवन भन्दा धेरै फरक छ । म त्यसलाई लेखिएको पात्रमार्फत समाजमा खोज्ने गर्छु । समाजमा भेटिने त्यस्ता पात्रलाई पर्दामा प्रस्तुत गर्छु’, अभिनेता अग्रहरिले भने । उनले पात्रमा अन्यको प्रभाव पर्ने डरले कम चलचित्र हेर्ने गरेको बताए ।

मुख्यतः चलचित्रबाटै अभिनय प्रारम्भ गरेका र नाटकघर हुँदै चलचित्रमा अभिनय गरिरहेका अभिनेता वा अभिनेत्री पात्रलाई खोज्ने र पर्दामा प्रस्तुत गर्ने शैली भिन्न रहदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौं ।  सन् २०२४ को तथ्यांकलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा

चिनियाँ चलचित्रकर्मीले नेपाललाई छायाङ्कन गन्तव्य बनाउनुपर्दछ : उपमहासचिव पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले चिनियाँ चलचित्रकर्मीलाई नेपाल आएर

नाजिर र सृष्टि वरपर घुमेको ‘केटी हराएको सूचना’ को ट्रेलर

काठमाडौं । दीपेन्द्र गौचन निर्देशित फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को नयाँ ट्रेलर

मण्डला थिएटरमा माघ ४ देखि २७ सम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने

काठमाडौँ ।  मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’