प्रकाश सपूतको ‘मुटु कटक्कै’



काठमाडौं । गायक प्रकाश सपूतले नयाँ गीत ‘मुटु कटक्कै’ ल्याएका छन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर सोमवार सार्वजनिक गीतमा उनीसँगै प्रताप दास र कुशल बेलबासेले स्वर दिएका छन् । सुदीप सागरको संगीत संयोजन रहेको गीतमा प्रकाश स्वयंमको शब्द एवं संगीत छ । भिडियोमा प्रकाश ‘सकम्बरी’बाट उदाएकी मोडल कुसुम शर्मालगायतसँग देखिएका छन् ।

गायकहरूसँगै रोशनी कार्की, विजय पुन, प्रविन भट्ट, सुनील बिक, विशाल घिमिरे लगायतलाई समेत भिडियोमा हेर्न सकिन्छ । भिडियो सार्वजनिक गर्दै प्रकाशले देशमै केही गर्ने उत्साहसँगै सपना, सफलता र प्रेमका विभिन्न आयामहरू गीतमा देखाउन खोजिएको बताएका छन् । प्रकाशकै लेखन एवं निर्देशनमा बनेको भिडियोलाई नवराज उप्रेतिले छायांकन, प्रविन भट्टले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार