चलचित्र निर्माता संघ र चलचित्र संघबीच ५० ५० प्रतिशत शेयर बाँडफाँटमा सहमति



काठमाडौं । चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच शेयर बाँडफाँटमा सहमति जुटेको छ । चलचित्र प्रदर्शनवापतको आयमा हुने बाँडफाँटमा दुई संघबीच सहमति जुटेको हो ।

चलचित्र दिमाग खराबको टिमले हिन्दी फिल्मले पाए जस्तै ५० प्रतिशत शेयर पाउनुपर्ने भन्दै विद्रोह गरेपछि दुवै संघबीच वार्ता भएको थियो । सहमतिअनुसार अब शेयर ५०–५० प्रतिशत बाँडफाँट हुने भएको छ ।

चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । यो सहमतिपछि निर्माताहरूले प्रत्यक्ष रुपमा फाइदा पाउने भएका छन् ।

सहमतिअनुसार फिल्म ‘दिमाग खराब’ रिलिज भएको मिति कात्तिक २४ गतेदेखि नै यो व्यवस्था लागू गर्न दुवै पक्ष सहमत भएका हुन् । सबै स्वदेशी फिल्मले यो सुविधा पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार