भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने



 

काठमाडौँ । प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका चलचित्रमा सबैभन्दा धेरै गीत लेखेका उनले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसकेका छन् । उनले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर रेकर्डमा नाम दर्ता गरेका थिए ।

गीतकार समीरले सन् १९८३ देखि गीत रचना सुरु गरेका हुन् । उनले भारतमा निर्मित विभिन्न भाषाका चलचित्रका लागि गीत रचना गरिसकेका छन् । उनले लेखेका गीतहरू हिन्दी चलचित्रका नेपाली पारखीमाझ पनि निकै लोकप्रिय छन् ।

उनलाई आगामी मङ्सिर २ गते काठमाडौँमा लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको सङ्युक्त आयोजनामा ‘समिर अभिनन्दन’ गर्न लागिएको हो ।  साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरीले प्रसिद्ध गीतकार समीरलाई नेपालमा सम्मान गर्न पाउनु खुसीको कुरा भएको बताइन् ।

गीतकार समीरले रचना गरेका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय छन् । यी गीत नेपालमा पनि अधिक रूचाइने हिन्दी गीतमा पर्छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार