वर्षाको ‘परदेशी २’ सुपरहिट



काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले थुप्रै फिल्ममा अभिनय गरिन्। तर, डेव्यु फिल्म ‘नाई नभन्नु ल २’ र ‘पशुपति प्रसाद’ बाहेक उनले अभिनय गरेका अधिकांस फिल्म लगातार असफल भए।

आफुले अभिनय गरेका फिल्म असफल भएपनि वर्षालाई फिल्मको अभाव भने भएन। उनले हरेक बर्ष १/२ वटा फिल्ममा काम गरिरहेकी छिन्। उनको अभिनय र सुन्दरताको तारिफ हरेक फिल्ममा हुने गरेको छ। जसले गर्दा उनलाई काम अभाव कहिले भएन्।

वर्षाले अभिनय गरेको फिल्म ‘परदेशी २’ यो वर्ष सुपरहिट भएको छ। नारायण रायमाझी निर्देशित यो पारिवारिक तथा सामाजिक फिल्मले दर्शकको मन मात्र जितेन, वर्षाको कामको पनि तारिफ भैरहेको छ। उनले फिल्ममा निवार्ह गरेको लुजाको भूमिका दर्शकले निकै रुचाएका छन्।

दसैँको छेको पारेर रिलिज भएको फिल्म ‘परदेशी २’ बक्स अफिसमा सुपरहिट भएपछि वर्षालाई ठूलो राहत मिलेको छ। अबका दिनमा आफूले टिम र ब्यानर हेरेर काम गर्ने तयारी गरेकाले हरेक वर्ष उनलाई कुनै न कुनै सिनेमाले बक्स अफिस सफलतासँगै खुशी दिइरहेन विश्वास छ।

आउँदो बर्ष वर्षाको ‘काजी’ रिलिज हुनेछ। यो सिनेमामा उनको जोडी अभिनेता विपिन कार्कीसँग बाँधिएको छ। यसले, पनि उनलाई खुशी दिने अपेक्षा गर्न सकिन्छ।

कलाकारको हरेक बर्ष रिलिज हुने सबै फिल्म चल्छन् भन्ने पक्का हुँदैन। तर, कुनै एक फिल्म मात्र बक्स अफिसमा सफल हुँदा उसको करिअरलाई ठूलो फाइदा मिल्छ। लामो समयपछि वर्षालाई ‘परदेशी २’ले यस्तै खुशी दिएको छ।

समीक्षकले समेत फिल्ममा अभिनयको कुरा गर्दा वर्षा र डेव्यु अभिनेता प्रकास सपुतको बढी तारिफ गरेका छन्। फिल्मकी अर्की अभिनेत्री केकीले पनि फिल्ममा संझनलायक काम गरेकी छिन्। तर, फिल्मको प्रचारमा केही छायांमा परेकी वर्षा फिल्म रिलिज पश्चात दर्शक तथा मिडियाको केन्द्रमा परेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भरतचन्द्र गुरुङको तामाङ सेलो ‘आम्बोइ नि’

  काठमाडौँ । नेपाली सेनाका अवकास प्राप्त मानार्थ उपरथी भरतचन्द्र गुरुङको स्वरमा तामाङ

चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

काठमाडौं । यही असोज ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

आईसीसी सिड्नी थिएटरमा ‘१९७४ एडी’ को ऐतिहासिक प्रस्तुति

काठमाडौं ।  चर्चित ब्यान्ड १९७४ एडी ले अष्ट्रेलियास्थित सिड्नीको आईसीसी थिएटरमा पहिलोपटक सांगीतिक

यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका