‘दिमाग खराब’को नयाँ गीत



काठमाडौं । निश्चल बस्नेत निर्देशित प्रतिक्षित सिनेमा ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हितैको माया’ बोलको गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत र सुगम पोखरेल र इन्दकला राईको स्वर रहेको छ । सिनेमाका मुख्य अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री स्वस्तिमा खड्का र रमा थपलियालाई सार्वजनिक गीतको भिडियोमा फिचर्ड गरिएको छ ।

सिनेमाको यसअघि सार्वजनिक पोस्टर, टिजर, गीत र ट्रेलरले दर्शकमाझ निकै राम्रो हाइप निर्माण गरेको छ । जसको प्रभाव आगामी कात्तिक २४ गतेबाट हलमा देखिने विश्वास निर्माण टिमको छ । सिनेमा कात्तिक २४ गते नै नेपाल बाहेक विश्वभरका धेरै देशमा रिलिज हुँदैछ । एमएसएम इन्टरटेनमेन्ट सिनेमालाई विश्वभर रिलिजको जिम्मेवारी लिएको छ ।

सिनेमा आट्र्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भूमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।

तिहारको अवसर पारेर प्रदर्शनमा आउने सिनेमामा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ