‘पशुपति प्रसाद २ः भष्मे डन’ ले पहिलो दिन दुई करोडको गर्यो व्यापार



काठमाडौँ । नेपाली चलचित्रको लागि दसैँ राम्रो समय मानिन्छ । दसैँ लक्षित गर्दै प्रदर्शन गरिएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । त्यसैले पनि यो समयमा चलचित्रलाई दर्शकसम्म पुर्याउन निर्माता लागिपर्ने गरेका छन् । वितरक करण श्रेष्ठले चाडपर्वको समयमा दसैँ विशेष हुने बताए ।

“अन्य चाडपर्वको तुलनामा दसैँमा काठमाडौँ र मोफसलमा चलचित्र हेर्न आउने दर्शकको चाप वढेको पाइन्छ । यस्तो समयमा विशेषत पारिवारिक कथावस्तुमा निर्माण गरिएका चलचित्रले बढी दर्शक पाउने गरेका छन्”, वितरक श्रेष्ठले भने । उनले वितरण गरिरहेको ‘पशुपति प्रसाद २ः भष्मे डन’ ले पहिलो दिन दुई करोडको हाराहारीमा व्यापार गरेको जानकारी दिए ।

“नेपालमा पारिवारिक विषयमा बनेका चलचित्र वा परिवारसँगै चलचित्र भवनमा पुगेर हेर्ने चलचित्रको व्यापार राम्रो हुने गरेको छ । त्यसैले त्यस्ता चलचित्र दसैँको समयमा प्रदर्शन गर्नु उपयुक्त हुन्छ”, उनले भने ।

ओटीटी (ओभर द टप) प्रति कोभिड १९ नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका समयमा आकर्षण बढेपछि चलचित्र भवनमा दर्शकको सङ्ख्या घट्ने अनुमान गरिएको थियो । तर अहिले दर्शकको आकर्षण पुनः चलचित्र भवनमा बढेको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले बताए ।

“नेपालको मौलिक विषयमा चलचित्र निर्माण गर्नसके दर्शकले साथ दिनुहुन्छ भन्ने प्रमणित भएको छ । किनकि व्यापारमा रेकर्ड बनाउन सफल चलचित्रमा मौलिकता पाइन्छ”, कार्यकारी निर्माता बानियाँले भने । उनले नेपाली चलचित्रहरू विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्षम भइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार