ओटिटीमा जारी चलचित्र



काठमाडौँ । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ‘ओटिटी’ (ओभर द टप)प्रति सबैको आकर्षण बढ्यो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरुपमा बढेका छन् । नेपाली एप आइफ्लिक्स, भिडियो पसल, सिनेमाघरजस्ता एपले दर्शक पाएनन् ।

आइफ्लिक्स र चलचित्र टिभीले भने सफलता नपाएपछि बन्द नै भए । नेपालमा सन् २०१६ देखि सुरू भएको एप ‘सिनेमा घर’ले भने पछिल्लो समय दर्शक पाइरहेको त्यसका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिए । दर्शकको अपेक्षा बुझेर सब्सक्रिप्सनको सुविधा हटाइ चलचित्रअनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाइएपछि एप निर्माताका लागि नयाँ आम्दानीको स्रोतसमेत बनेको छ ।

“पहिला चलचित्र भवनमा प्रदर्शन भएका चलचित्र युट्युबमा राखिन्थ्यो । यद्यपि अहिले एपकै माध्यमले आम्दानी निर्माताले गरिरहेका छन् । पछिल्लो समय नयाँ चलचित्रले राम्रै मुनाफा दिइरहेको छ”, अध्यक्ष लामिछानेले भने “यसले आगामी दिनमा निर्मातालाई झनै लाभान्वित गराउनाका साथै नयाँ मेकर्सलाई दर्शकसम्म पुग्ने अवसर सिर्जना गरेको छ ।”

उनले एपमा प्रदर्शन सुरू गरिएको जारी चलचित्रले सहजै दर्शक पाइरहेको जानकारी दिए । चलचित्र भवनमा रुचाइएको चलचित्रलाई एपमा पनि दर्शकको उस्तै साथ मिल्ने गरेको छ ।

“जारीले नयाँ दर्शकलाई समेत एपमा ल्याएको देखिएको छ । यसवर्ष हामीले कबड्डी–४, महापुरुषजस्ता चलचित्रमार्फत नयाँ दर्शकसम्म पुग्ने अवसर पायौँ । आउँदो समयमा ओटिटीले धेरै दर्शकसम्म नेपाली चलचित्र पुर्याउछ”, अध्यक्ष लामिछानेले भने ।

उपेन्द्र सुब्बाले निर्देशन गर्नुभएको चलचित्र जारीमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, अङ्कित खड्कालगायत कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिनियाँ चलचित्रकर्मीले नेपाललाई छायाङ्कन गन्तव्य बनाउनुपर्दछ : उपमहासचिव पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले चिनियाँ चलचित्रकर्मीलाई नेपाल आएर

नाजिर र सृष्टि वरपर घुमेको ‘केटी हराएको सूचना’ को ट्रेलर

काठमाडौं । दीपेन्द्र गौचन निर्देशित फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को नयाँ ट्रेलर

मण्डला थिएटरमा माघ ४ देखि २७ सम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने

काठमाडौँ ।  मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’

‘म त यसै नक्कली’ मा प्रिंयका र दीयाको रोमान्स

काठमाडौं । समर निरौलाको डेब्यु फिल्म ‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘म