झापाकी २१ वर्षीया पूजा सिंह राजपुतलाई फिमेल एस अफ मोडलको उपाधि
काठमाडौं । झापाकी २१ वर्षीया पूजा सिंह राजपुतले फिमेल एस अफ मोडल २०२३ को उपाधि जितेकी छिन् । त्यस्तै १८ वर्षका रेहान गडालले मेल एस अफ मोडल जितेका छन् ।
महिलातर्फ फर्स्ट रनरअप कपिलवस्तुकी २० वर्षीया शिला नेपालीले आफ्नो करिश्मा र समर्पणले दर्शकलाई मोहित बनाइन् । त्यस्तै पुरुषतर्फ फस्ट रनरअप टीकापुरका २० वर्षीय भावेस खड्काले उपाधि जितेका छन् । त्यस्तै सेकेन्ड रनरअप बझाङका २१ वर्षीय स्वर्ग उपाध्यायले उल्लेखनीय प्रतिभा र उत्साह प्रदर्शन गरे ।
सेकेन्ड रनर अप उदयपुर कटारीका २६ वर्षीय रोनी अलय मगरले उल्लेखनीय प्रतिभा र उत्साह प्रदर्शन गरे । प्रतियोगितामा निर्णायकहरु नूतन श्रेष्ठ–मिस्टर नेपाल २०२२, सरिशा श्रेष्ठ मिस नेपाल अर्थ २०२२, सोनम सुब्बा लिम्बु – फेसन डिजाइनर, रुष्का श्रेष्ठ – वरिष्ठ सौन्दर्यविद्, आयुष श्रेष्ठ – रोडिजका विजेता थिए ।