यस्तो छ ‘नांगो गाउँ’ को ट्रेलर



काठमाडौँ । भदौ २९ देखि प्रदर्शन हुने फिल्म ‘नांगो गाउँ’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुढा सुब्बा डिजिटल च्यानलबाट सार्वजनिक भएको ट्रेलर २४ घण्टा नबित्दै युट्युबमा तीन लाखभन्दा बढिले हेरिसकेका छन् ।

करिब चार मिनेट लामो ट्रेलरमा राजनीतिक दाउपेचको कथा प्रस्तुत गरिएको छ। चुनाव जितेर गाउँको विकास गर्ने एजेन्डा बोकेका दुई उम्मेदवार पासाङ लामा (दयाहाङ राई) र जरी लामा (शिशिर बाङ्देल)को चुनाव जित्ने संघर्ष ट्रेलरमा देखाएको छ ।

फिल्ममा दयाहाङ र शिशिरसहित मिरुना मगर, कार्म शाक्य, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, शारदा गिरी, सविन बाँस्तोला, शंकर आचार्य, निमा पाण्डेलगायत कलाकारको अभिनय छ। दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म भदौ २९ देखि प्रदर्शन हुनेछ।

आलोक शुक्लाले छायांकन गरेको फिल्म बनिश शाहले सम्पादन गरेका छन् । निर्देशक लामाकै पटकथा लेखन रहेको फिल्म अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत थुप्रै देशमा फिल्म प्रदर्शन गरिनेछ । जय श्रेष्ठले निर्माण गरेको फिल्म क्लर्क वर्क क्रियसनको ब्यानरमा बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित फिल्म बन्ने

काठमाडौं । कथावाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही फिल्म बन्ने

दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

  काठमाडौँ ।  शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्

दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल