‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा



काठमाडौँ । शुत्रबार(आज)देखि दुई नेपाली चलचित्र ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शन गरिएको छ । अघिल्लो साता कुनै नेपाली चलचित्र प्रदर्शन भएको थिएन । त्यहीँ कारण पनि नेपाली चलचित्रलाई ठूलो पर्दामा हेर्न चाहने दर्शकले दुई फरक विधालाई रोज्न पाउने छन् ।

गणेशदेव पाण्डेले निर्देशन गरेको चलचित्र ‘जुलेबी’को सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, सुशील सिटौलालगायतका कलाकारले अभिनय गरेका छन् ।

लेखक तथा निर्देशक पाण्डेले सात पात्रको सम्बन्धको वरिपरि घुमेको कथामा जीवनको भोगाइबाट उत्पन्न परिस्थितिलाई चित्रण गरिएको बताए । “चार महिला पात्रको संवेदना, चाहना र भोगाईलाई चलचित्रमा प्रस्तुत गरिएको छ”, उनले भने ।

मिलन आले मगर निर्देशन गर्नुभएको चलचित्र ‘हिँड्दा हिँड्दै’ मा सलोन बस्नेत, आकाश श्रेष्ठ, रेखा शाह, भोलाराज सापकोटालगायतका कलाकारले अभिनय गरेका छन् । मित्रता र प्रेममा आउने उतारचढावलाई चित्रण गरिएको चलचित्रका लेखक सुशील पङ्गेनी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा