‘तिम्रो साथमै जिउने चाहना’ मा शिव र सेजलको रोमान्स



काठमाडौं । गम्भीर विष्टको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ’तिम्रो साथमै जिउने चाहना’ सार्वजनिक गरिएको छ ! सार्वजनिक गीतकको भिडियोमा शिव आर ठकुरी र सेजल गौतम फिचर्ड छन् ।

शिव अहिले अष्ट्रेलिया बसेर सिनेमा निर्देशन पनि पढिरहेका छन् । उनले समय निकालेर म्युजिक भिडियो अभिनय पनि गरिरहेका हुन् । सार्वजनिक गीतमा उनको डान्स र सिक्स प्याक्ड शरिर तारिफ योग्य छ ।

सार्वजनिक भिडियो आर्ट मुभिज र मोडल सुधिर श्रेष्ठसँगको सहकार्यमा निर्माण भएको हो। भिडियोमा सुधीर पनि विशेष भूमिकामा देखिएका छन् । आर्ट मुभिजको प्रस्तुतिमा निर्माण भएको म्युजिक भिडियोमा कोरियोग्राफी पनि स्वयंम निर्देशक विष्टको नै रहेको छ । भिडियो उत्कृष्ट बनेकाले दर्शकले मन पराउने विश्वास ठकुरीलाई छ ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको सार्वजनिक गीतकको भिडियोमा सनिश श्रेष्ठ र ममता गुरुङको स्वर सुन्न सकिन्छ । सुधीर श्रेष्ठको युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन, मिलन विश्वककर्माको कलर तथा शम्भु श्रेष्ठ प्रोडक्सन म्यानेजरको रुपमा आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ