हरिवंशको शब्द, स्वर र सङ्गीतमा तयार भयो ‘ए केटा मादलु पड्का’



काठमाडौँ । हास्यकलाकार हरिवंश आचार्यले आफ्नो शब्द, स्वर र सङ्गीतमा तयार गर्नुभएको ‘ए केटा मादलु पड्का’ गीत सार्वजनिक गरेका छन् । अडियोसँगै भिडियो तयार गरेर सार्वजनिक गरिएको गीत गायनमा हास्य कलाकार आचार्यलाई शान्तीश्री परियारले साथ दिएका छन् ।

चितवनको एउटा जमघटमा फुरेको लयलाई गीतको रूपमा दिएको हास्यकलाकार आचार्यले जानकारी दिए । उनले भने, “मान्छेहरू गीत गाउँदै नाचिरहेको देखेँ । त्यही बेला अचानक मेरो दिमागमा एउटा लय फुर्यो । हत्तपत्त कोठामा गएँ । मोबाइलमा रेकर्ड गरेँ । लयसँगै शब्द पनि आयो– ए केटा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का ।”

यसरी फुरेको लय अरुलाई सुनाएपछि पाएको सल्लाहअनुसार नै गीत तयार गरिएको उनले बताए । “यो विशुद्ध नाच्न मन लाग्ने गीत हो । यसमा नाच्ने गाउने मान्छेले आफ्नो पेशाप्रति गर्व गरेको शब्द छ । सांस्कृतिक कार्यक्रम, बिहे व्रतबन्धलगायत समारोहतिर बढी घन्किन्छ”, हास्य कलाकार आचार्यले भने ।

गीतको तयार भएको भिडियोमा चुनावमा हुने विकृतिलाई व्यङ्ग्य भने गरिएको छ । भिडियोमा हास्य कलाकार आचार्यलाई अभिनयमा अभिनेत्री प्रियङ्का कार्की र सरोज ओलीले साथ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ