भारतको राजस्थानमा ‘देव वाणी’को गीत छायाँकन



काठमाडौं । बाबु साहेब बलामीको निर्देशनमा निर्माण भइरहेको सिनेमा देव वाणीको एक गीतको छायाँकन भारतको राजस्थानमा गरिएको छ । गायक प्रताप दास र गायिका सुनिता कार्कीको स्वर तथा मनोहर सुनामको संगीत रहेको गीतको छायाँकन राजस्थानमा गरिएको हो ।

सिनेमाको निर्माण टिम केही दिनअघि भारतको राजस्थानमा ४ दिन लगाएर एक गीतको छायांकन गरेर नेपाल फर्किएको छ । अब सिनेमाको एक गीत र केही सिन मात्र खिच्न बाँकी रहेको जानकारी निर्माण टिमले दिएको छ । राजिस्तानमा खिचिएको गीतमा सिनेमाका मुख्य कलाकार कुन्दन भारद्धाज र अनुजा लेप्चा फिचर्ड छन् ।

सिनेमामा कुन्दन र अनुजाका अलवा सुनिल थापा, ध्रुब रबिन्द्र झा कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, मौसम पौडेल, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय रहनेछ । सिमरा, वीरगन्ज, र काठमाडौंमा सिनेमाको छायांका गरिएकको छ ।

निर्देशक बलामीले सिनेमा नेपाली र हिन्दी भाषामा बन्ने जानकारी दिए । सिनेमालाई भारतका हलमा प्रदर्शन गर्ने उनको योजना छ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको सिनेमाको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन् ।

हरिबहादुर घलेको छायाँकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने सिनेमाको प्रस्तुतकर्ता मौसम पौडेल हुन् । मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको सिनेमाका सम्पादन बन्दे प्रसादको रहेको छ सिनेमामा तेञ्जु योञ्जनको कोरियोग्राफी, र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।