‘दी कार्लोभी भ्यारी’ मा ‘गुराँस’ले जित्यो जुरी अवार्ड



काठमाडौं । नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लोभी भ्यारी’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा निर्णायकको तर्फबाट प्रदान गरिने ‘जुरी अवार्ड’ जितेको छ ।

चेक रिपब्लिकमा आयोजित महोत्सवमा यही असार २० गते गरिएको विशेष प्रदर्शनीमै चर्चा बटुलेपछि आफूहरू उत्साहित भएको निर्देशक सौरभ राईले जानकारी दिए ।

 

उनले भने,’पहिलोपटक गरिएको प्रदर्शनीमै पुरस्कृत हुँदा हामी उत्साहित भएका छौँ । यसले हामीलाई नियमित प्रदर्शनका लागि समेत हौसला थपेको छ ।’

प्रदर्शनीमा चलचित्रकी अभिनेत्री मेनुका प्रधान पनि सहभागी भएकी थिइन् । रङ्गमञ्चमार्फत कलाकारितामा उदाएर चलचित्रमा छुट्टै पहिचान स्थापित गरेकी अभिनेत्री प्रधानले महोत्सवमा सहभागिता जनाउनु आफ्ना लागि नयाँ अनुभव रहेको प्रतिक्रिया दिइन् ।

नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रमा हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट कथा प्रस्तुत गरिएको छ ।

दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धलाई समेत प्रस्तुत गरिएको चलचित्र लेखन निर्देशक राईले नै गरेका हुन् । चलचित्रमा तुलसी खवासले ‘गुराँस’को शीर्ष भूमिका र अभिनेता खगेन्द्र लामिछानेले पिताको भूमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।