फिल्म ‘हात्तीछाप’को छायाँकन सुरु



काठमाडौं । किरण नेपालीको निर्माण तथा सिमोस सुनुवारको निर्देशनमा तयार हुन लागेको फिल्म ‘हात्तीछाप’को आइतबारबाट छायाँकन सुरु भएको छ । बालकुमारीमा रहेको एक ग्यारेजबाट यो फिल्मको छायाँकन सुरु भएको हो ।

छायाँकन अगाडि फिल्मका कलाकारहरुले क्यामेरा पुजा गरेका थिए । सामाजिक कथावस्तुलाई कमेडी तरिकाले प्रस्तुत गरिने यो फिल्मलाई एक महिनामा खिचिने निर्माता नेपालीले जानकारी दिए । उनका अनुसार, यो फिल्मको छायांकन १५ दिन काठमाडौं र १५ दिन पोखरामा हुनेछ । फिल्म ‘हात्तीछाप’मा प्रदीप भारद्धाजको लेखन, सुशान्त प्रजापतिको छायाँकन छ ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्धि तामाङ, विजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई लगायतका कलाकारको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।