‘ओभर द मुन’को गीत ‘चन्द्रमा झै’



काठमाडौं । समलिंगीसँग सम्बन्धित कथा प्रस्तुत गरेको सिनेमा ‘ओभर द मुन’को गीत सार्वजनिक भएको छ । युवी मिडिया इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सर्ट सिनेमाको गीत ‘चन्द्रमा झै’ सार्वजनिक भएको हो । गीतमा समीप निरौला, शुभेच्क्षा थापा, उमेश खड्का र सुशीला निरौलाको अभिनय देख्न सकिन्छ ।

अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापाले छोटो सिनेमाको निर्देशन गरेकी हुन् । सिनेमामा शुभेच्क्षा रश्मी भट्ट, भगवान भण्डारी, सुरेश पुडासैनी, सहारा खड्का क्षेत्री, चन्द्र गुरुङ, रोशनी न्यौपाने, मन महर्जन, रेखा केसी, निकिशा श्रेष्ठ, भरत जिम्बा, गौरव हमाल, बिश्वल न्यौपाने, आकांक्षा गुरुङ र गोपाल ढुंगानाको अभिनय छ ।

सिनेमामा बाल कलाकारद्वय रक्षा दाहाल र रोहन भट्टराईको पनि अभिनय हेर्न सकिनेछ । निर्देशक थापाले सिनेमाले समलिंगीसँग सम्बन्धित कथा देखाउने बताइन् । ‘समाजमा केटाकेटा र केटीकेटीले बिहे गर्न वा माया गर्न चाहेमा समाज र घरपरिवारबाट कसरी अपहेलित हुनुपर्छ । छोराछोरीको इच्छालाई समर्थन नगरे केसम्म हुन्न सक्छ भन्ने कथा सिनेमामा समेटिएको छ’, उनले बताइन् ।

सिनेमामा उमेश खड्काको कथा र उत्तमजंग लिम्बु गीत, प्रज्जवल कार्कीको स्वर, शंकर जी विश्वकर्माको कोरियोग्राफी, बिनोद लामा र खुपेन्द्र ढुङ्गेलको छायांकन, सुदर्शन खत्रीको सहायक निर्देशन, चन्द्र गुरुङको मेकअप, दिनेश चौधरीको कष्ट्युम, उज्जवल खड्काको प्रोडक्सन रहेकको छ । उमेश खड्काको लगानी रहेको सिनेमामा सुरेश पुडासैनी सल्लाहकारको रुपमा रहेका छन् । युबी मिडिया इन्टरटेनमेन्टले सिनेमाको डिजिटल राइट्स खरिद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ