यस्तो छ ‘जय हो’को टिजर


काठमाडौं । निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहको सिनेमा ‘जय हो’को १ मिनेट १४ सेकेन्डको टिजर सार्वजनिक गरिएको छ । आगामी भाद्र ८ मा सिनेमा विदेश र नेपालमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

टेक पौरखी राईको निर्देशनमा निर्माण भएको सिनेमामा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमामा सम्राट बस्नेत द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स र केबलमान सिङ बस्नेत प्रोडक्सन डिजाइनर रहेको सिनेमाका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् ।

मुस्ताङका विभिन्न रमणीय स्थानलाई देखाइको सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको सिनेमाका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् ।

सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमाको सार्वजनिक पोस्टरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए । पोस्टरले दर्शकमा बढाएको कौतुहल्ता सार्वजनिक टिजरले अझै बढाउने विश्वास निर्माण टिमलाई छ ।