चलचित्र निर्देशनको तयारीमा जेम्स प्रधान



 

काठमाडौं । नेपाली गीतसङ्गीतमा गायक जेम्स प्रधान स्थापित नाम हो । तीन दशकदेखि गायनसँगै सङ्गीतकार, एरेन्जर, गीतकार, विज्ञापन निर्माताका रुपमा परिचित प्रधान निर्देशक पनि बन्ने भएका छन् । छोटो चलचित्र ‘सर्ट टर्म मेमोरी लस’ मार्फत निर्देशकीय यात्राको प्रारम्भ गर्नुभएका उहाँले ठूलो पर्दाका लागि चलचित्र निर्देशन गर्ने योजना सुनाए ।

“यी छोटा चलचित्रको निर्देशनलाई खुड्किलोका रुपमा बुझ्न सक्नुहुनेछ । किनकि म फरक फरक काममा आफूलाई प्रस्तुत गर्न चाहन्छु”, गायक प्रधानले भने, “मैले कागजमा धेरै कथा कोरिसकेको छु, त्यसलाई मूर्तरुप भने दिन सकेको छैन । निकट भविष्यमा मेरो निर्देशकीय क्षमतालाई ठूलो पर्दामा समेत प्रस्तुत गर्न चाहन्छु ।”

छोटो चलचित्रका लागि तयार गरिएको कथालाई उनले साङ्गीतिक भिडियोको स्वरूपसमेत दिएका छन् । “यो पनि मेरो एक प्रकारको भिन्नता दिने प्रयास नै हो । कथा एक हो तर यसलाई दुई प्रकारले प्रस्तुत गरेको छु”, गायक प्रधानले भने ।  आफूले धेरै चलचित्र हेर्ने भएकाले पनि निर्देशनमा रुचि बढेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।