चलचित्र भवनमा छैनन् दर्शक, चलेनन् चलचित्र



काठमाडौं । यस वर्षको सुरुवात नेपाली चलचित्रका लागि सुखद भयो । वर्षकै पहिलो दिन प्रदर्शन भएको चलचित्र ‘जारी’ को राम्रो व्यापार भयो । उक्त चलचित्र प्रदर्शनको ५१ दिन पार गर्दै  १५ करोडको खुद व्यापार गर्न सफल भए पनि त्यसपछि प्रदर्शन भएका असफल भए । त्यसपछि हप्तामै दुई वा एक चलचित्र प्रदर्शन भइरहेका छन् । यद्यपि सफलता पाउने भने शून्य नै छन् ।
दर्शकलाई आकर्षण गर्न चलचित्र सफल नभएको हुन सक्ने निर्देशक तथा निर्माता अशोक शर्माले बताए । “निर्माण समूहप्रतिको विश्वास, ती चलचित्रको प्रचार सामग्री कारण हुन सक्छन्”, उनले भने, “नेपालीसँगै अन्य भाषाका चलचित्रमा समेत दर्शकको उपस्थिति न्यून छ ।” उनले चलचित्र ‘जारी’ ले नेपालभर राम्रो व्यापार गरेको जानकारी दिए ।
“चलचित्रले नेपालभर नै राम्रो व्यापार गर्यो, सबै उमेर समूहका दर्शक चलचित्र भवनमा देखिनुभयो”, निर्देशक शर्माले भने । ‘जारी’ सँगै ‘बिहे पास’ र ‘बुलाकी’ तथा त्यसपछि वैशाख १५ मा ‘कैदीको पत्र’, ‘प्रसाद २’ र ‘नाईं नभन्नु ल ६’, वैशाख २१ मा ‘ज्याकी : आइएम ट्वान्टी वान’, वैशाख २९ मा ‘हल्कारा’, जेठ ५ मा ‘डाकिनी’ र ‘ए साथी सुन’, जेठ १२ मा ‘हुक्का’ र ‘टुल्की’, जेठ २९ मा ‘नीरफूल’ र ‘वेलकम टू हेम्जाकोट’ प्रदर्शन भए ।
चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार ‘जारी’बाहेक अन्य चलचित्रको कुल व्यापार  एक करोडभन्दा माथि भएको छैन । घरेलु बजारमा ‘जारी’ बाहेक अन्य असफल रहे । नेपाली चलचित्रको व्यापारलाई मन्दीले असर गरेको हुनसक्ने नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले बताए । “दर्शक चलचित्र भवनसम्म निकै सोचेर पुग्नुभएको देखिन्छ, यद्यपि आकर्षित गर्न सके चलचित्रको व्यापार हुन्छ भन्नेमा दुईमत छैन”, उनले भने, “आउँदो भदौबाट हामी आशावादी छौं, त्यस अगाडी आउने चलचित्र कमजोर छैनन्, तर दर्शकको सोधपुछ भदौका चलचित्रमा बढी पाएका छौँ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिनियाँ चलचित्रकर्मीले नेपाललाई छायाङ्कन गन्तव्य बनाउनुपर्दछ : उपमहासचिव पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले चिनियाँ चलचित्रकर्मीलाई नेपाल आएर

नाजिर र सृष्टि वरपर घुमेको ‘केटी हराएको सूचना’ को ट्रेलर

काठमाडौं । दीपेन्द्र गौचन निर्देशित फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को नयाँ ट्रेलर

मण्डला थिएटरमा माघ ४ देखि २७ सम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने

काठमाडौँ ।  मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’

‘म त यसै नक्कली’ मा प्रिंयका र दीयाको रोमान्स

काठमाडौं । समर निरौलाको डेब्यु फिल्म ‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘म