‘परस्त्री’को ट्रेलर सार्वजनिक



काठमाडौं । चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक विषयमा निर्माण भएको चलचित्रलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । कलाकारको रूपमा यस क्षेत्रमा भित्रिएका पाण्डेको यो पहिलो निर्देशकीय चलचित्र हो ।

“हामीले भारतमा बजार पाउन सक्यौँ भने हाम्रो निर्माणमा अझै भव्यता पाउनेछौँ । हामीले विदेशी भाषामा चलचित्र ल्याएर दर्शक बढाउने प्रयास र ‘ओभर दी टप’ (ओटिटी) प्लेटफर्ममा सम्भावना खोजिरहेका छौँ”, निर्देशक पाण्डेले भने । उनले हिन्दी भाषामार्फत बढी दर्शकसम्म पुग्ने विश्वास व्यक्त गरे ।

चलचित्रका लेखक दीपेन्द्र के खनालले यो विषय समाजसँग जोडिएको बताए । उनले भने, “यो हामीले देखिरहेको र सुनिरहेको कथा हो । यसले हाम्रो कमजोरी औँल्याउनसमेत मद्दत गर्छ ।”

चलचित्रकी अभिनेत्री शिल्पा मास्केले आफूले अहिलेसम्मकै फरक भूमिका निर्वाह गरेको जानकारी दिइन् । “बनिरहेका चलचित्रभन्दा फरक छ । यसको कथा सुन्दा नै मलाई राम्रो लागेको हो”,उनले भनिन्, “पोस्टर सार्वजनिक हुँदा पाएको चर्चाले ‘नर्भस’ पनि थिएँ । यद्यपि ट्रेलर हेर्दा ढुक्क भएकी छु ।”

अभिनेता कोसिस क्षेत्रीले पनि समाजमा भएको तर दबाइएको कथा चलचित्रमा समेटिएको जानकारी दिए । “यो कथाले सम्भावित घटनालाई देखाउँछ, बुझाउँछ । यसमा काम गर्दा निकै सहज र सरल भयो । फरक गर्ने मेरो प्रयासलाई यसका निर्माता तथा निर्देशकले सहजीकरण गरिदिनुभयो”, अभिनेता क्षेत्रीले भने ।

अर्का अभिनेता गौरभ विष्टले प्रेमी युवाको भूमिका निर्वाह गरेको जानकारी दिए । उनले भने, “यसले मनोरञ्जनसँगै सचेत पनि गराउँछ । यस्ता चलचित्र बिरलै बन्ने गरेका छन् । यसले दर्शकलाई निराश बनाउँदैन ।”

आगामी असार १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन हुँदैछ । नेपालमा हिन्दी भाषामा प्रदर्शन गर्ने वा नगर्ने विषय तय नभएको वितरक करण श्रेष्ठले जानकारी दिए । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिनियाँ चलचित्रकर्मीले नेपाललाई छायाङ्कन गन्तव्य बनाउनुपर्दछ : उपमहासचिव पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले चिनियाँ चलचित्रकर्मीलाई नेपाल आएर

नाजिर र सृष्टि वरपर घुमेको ‘केटी हराएको सूचना’ को ट्रेलर

काठमाडौं । दीपेन्द्र गौचन निर्देशित फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को नयाँ ट्रेलर

मण्डला थिएटरमा माघ ४ देखि २७ सम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने

काठमाडौँ ।  मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’

‘म त यसै नक्कली’ मा प्रिंयका र दीयाको रोमान्स

काठमाडौं । समर निरौलाको डेब्यु फिल्म ‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘म