अटिजमको विषयमा चलचित्र निर्माण



काठमाडौं । चलचित्रमार्फत तथ्य सहजै बुझाउन सकिने भएकाले यसलाई आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिइन्छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ निर्माण भएको छ ।

निर्माण पक्षले हालै चलचित्रको पोस्टर सार्वजनिक गर्दै विषयबारे जानकारी गराएका छन् । चलचित्रकी निर्देशक अनिता पण्डितले चलचित्रमार्फत अटिजमबारे बुझाउन खोजिएको जानकारी दिइन् ।

“कहिल्यै ठीक नहुने भन्ने सोचको विरुद्ध हामीले चलचित्रमा कथा उठान गरेका छौँ । अटिजम एक अवस्था मात्र हो र यो अवस्थामा रहेका बच्चालाई आफैँले सामान्य अवस्थामा ल्याउन सकिन्छ भन्ने तथ्यलाई देखाएका छौँ”, निर्देशक पण्डितले भनिन् ।

चलचित्रमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको पनि प्रमूख अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।