राजेशपायल र शान्तिश्रीको ‘नम्बरी सुन’



काठमाडौं । आगामी भदौ १ गतेबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’को पहिलो गीत ‘नम्बरी सुन’ सार्वजनिक भएको छ । गीतमा राजेशपायल राई र शान्तिश्री परियारको स्वर, नारायण खातीको शब्द तथा सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा गौरव पहारी, नम्रता सापकोटासहित राजाराम पौडेल, बुद्धि तामाङ र विनोद न्यौपाने फिचर्ड छन् ।फिल्ममा राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी लगायतको पनि अभिनय छ ।

प्रस्तुतकर्ता खातीकै कथा रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको ‘नम्बरी सुन’को निर्मातामा सरोज खाती, सविन खाती र मनोज रिजाल छन् । फिल्मले सुनको चारवटा पाटोलाई देखाउने खातीले जानकारी दिए । फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, राजेश पायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर, रामजी लामिछानेको नृत्य निर्देशन, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र गौतम राज खड्काको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ