प्रदीप कार्कीको ‘तै मायाको’



काठमाडौं । गायक प्रदीप कार्कीको स्वर रहेको ‘तै मायाको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दोलखामा जन्मे हुर्केका गायक कार्की हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् ।

गायक कार्की र संगीतकार दीपक शर्माको सहकार्यमा तयार सार्वजनिक गीतमा दीपकको शब्द तथा संगीत रहेको छ । जसमा रिकेश गुरुङको एरेन्ज रहेको छ भने किशोर थापाको मिक्सङ तथा मास्टरिङ रहेको छ । डान्सिङशैलीमा तयार छमछम नचाउने सार्वजनिक गीतले एक रोमान्टिक प्रेम जोडीको प्रेम कहानीलाई देखाएको छ ।

मोडल सुनिल क्षेत्रीको अभिनय रहेको तै मायाको निर्देशन पनि उनले नै गरेका हुन् । जसमा अभिनयमा सुनिललाई मोडल एलिशा शर्माले साथ दिएकी छिन् । दुर्गा पौडेलको छायाँकन रहेको भिडियोको सम्पादन विकास ज्ञवालीले गरेका हुन् ।

गायक कार्कीका यसअघि सुनै सुनको तिलहरी, यो जिन्दगी, मेरा लागि तिमी भन्दा, बिचै बाटो, लगायतका दर्जन बढी गीतहरु सार्वजनिक भइसकेका छन् । उनको आविश्कार नामक एल्बमले राम्रो चर्चा कमाएको थियो । सार्वजनिक गीतको भिडियो गायक कार्कीको अफिसियल च्यानलबाट बजारमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा