‘प्रसाद २’ प्रदर्शनको बाटो खुल्यो



काठमाडौं । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएको छ । गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा आज भएको सुनुवाइमा न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ । यो आदेशसँगै चलचित्रको प्रदर्शन गर्ने बाटो खुलेको छ ।

अदालतले दिएको आदेशमा चलचित्र निर्माण गर्न इजाजत प्राप्त कम्पनी सुलभ थापा प्रोडक्सन प्रालिले प्राप्त गरेको र निवेदकसँग कुनै सम्बन्ध नदेखिको हुँदा निर्माण भइसकेको चलचित्र प्रदर्शन रोक्नु सुविधा सन्तुलनको दृष्टिले उपयुक्त नदेखिएकाले जारी गरिएको अल्पकालीन आदेश जारी नहुने उल्लेख गरिएको छ । उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले चलचित्र प्रदर्शन हुने बाटो खुलेको जानकारी दिइन्।

गत चैत २१ गते व्यवसायी केशव पाण्डेले आफ्नो ९० प्रतिशत स्वामित्व रहेको चलचित्र १० प्रतिशत स्वामित्व रहेका निर्माता सुभाष थापाले बिना अनुमति रिलिज गर्न लागेको भन्दै तत्काल प्रदर्शन रोक्न रिट हालेपछि गत चैत २४ मा प्रदर्शन तय भएको चलचित्र ‘प्रसाद–२’ प्रदर्शन रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।