नमूना कलेजको ‘जर्नी अफ फेसन शो’



काठमाडौं । बिहीबार साँझको समय छिप्पिदै जाँदा र्याम्पमाथि विस्तारै मोडलको चहलपहल बाक्लिँदै गयो । एक पछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुप रङ्ग, स्वरुप र सिर्जनासित उपस्थित फेसन पारखी साक्षात्कार हुँदै गए ।

नमूना कलेज अफ फेसन टेक्नोलजीका विद्यार्थीले आफ्ना डिजाइन प्रस्तुत गरेका थिए । गएराति यहाँ आयोजित १७औँ संस्करणको जर्नी अफ फेसनः ‘कल्पनम् सत्यतात’ शीर्षकअन्तर्गत उनीहरुले तयार पारेका आ–आफ्ना डिजाइन प्रस्तुत गरेका थिए ।

३३ मोडलको प्रस्तुतिमा उक्त फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १७औँ ब्याचका ८३ विद्यार्थी डिजाइनरको आयोजना, व्यवस्थापन तथा प्रस्तुतिमा सम्पन्न भएको होे । कार्यक्रमको कोरियोग्राफी र निर्देशनको अभिभारा सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेका थिए ।

कार्यक्रममा नमूना कलेजद्वारा प्रकाशित ‘फेसन क्याटलग’को दोस्रो संस्करणको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा यादवराज कोइराला तथा नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरले संयुक्तरुपमा विमोचन गरेका थिए ।

उक्त परीक्षा रुपी फेसन शोमा फेसन अध्यापकत्रय राजेन्द्र सिंह, निशा श्रेष्ठ र कुश्मा श्रेष्ठ, साखः ग्रुपका अध्यक्ष किरण साखः, प्रथम मिस नेपाल रुवी राणा, राष्ट्रिय सीप परीक्षण समितिका कार्यकारी निर्देशक डा कुल बहादुरबस्नेत, फेसन डिजाइनर रमिला नेमकुल तथा अभिनेता एवं फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

विद्यार्थीले तयार पारेका डिजाइन रोजिन शाक्यको कोरियोग्राफीमा प्रस्तुत गरिएका थिए । कलेजमा अध्ययनरत स्नातक तहको अन्तिम परीषामा सहभागी विद्यार्थीले परीषाअन्तर्गत डिजाइन प्रस्तुत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।