अस्मिता र किरणको ‘सेल्फी मोबाइल’



काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक किरण गजमेरको स्वर रहेको ’सेल्फी मोबाइल’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार ज्ञानेश्वर तिवारीको शब्द , दीपक शर्माको संगीत रहेको सार्वजनिक गीतमा नरेन्द्र बियोगीको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

भक्तपुर दरबार स्क्वायरमा छायांकन गरिएको सार्वजनिक गीतमा टिकटक स्टार सुधिर श्रेष्ठ, मोडल रोशन केसी, टिकटकर जुम्ल्याहा दिदी बहिनी प्रिज्मा प्रिन्सी खतिवडाको अभिनय देख्न सकिन्छ ।

भिडियोमा खुशी साथ प्रेम र रोमान्समा डुब्दै मोवाइलमा सेल्फी खिच्ने जोडीको रमाइलो शैलीलाई निर्देशक माधव शर्माले कलात्मकशैलीमा देखाएका छन् । भिडियोमा सन्तोष राजवाहकको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा राजेन्द्र मोक्तानको कलरिङ रहेको छ ।

अम्बिका अधिकारीको निर्माण रहेको सेल्फी मोवाइल ओएसआर डिजिटलबाट बजारमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ