कमल खत्रीको ‘तूइन् पारी’



काठमाडौं । हरि हुमागाईंले निर्देशन गरेका गीतले समाजको वास्तविकता बोल्छ । कहिले उनको गीतले प्रेमको पीडा बोक्छ, त कहिले कथा भन्छ । उनै, निर्देशक हुमागाँइले राम नवमीको अवसर पारेर ‘तूइन् पारी’ बोलको गीत सार्वजनिक गरेका छन् । हुमागाँइले यस पटक पनि भिडियोमा एउटा सिंगो कथा बुनेका छन् ।

सार्वजनिक गीतमा कमल खत्रीको स्वर, शब्द र संगीत रहेको छ । गीतमा रिकेश गुरुङको संगीत संयोजक छ ।

सार्वजनिक गीतको अडियो र भिडियो नै गज्जब छ । भिडियोमा कलाकार नाजिर हुसेन, रुषा न्यौपाने र सायना हुमागाईंलाई हेर्न सकिन्छ । नाजिरले भिडियोमा वैदेशिक रोजगारीमा गएर स्वदेश र्फकिने एक युवाको भूमिका निर्वाह गरेका छन् ।

जसको कथा तथा पटकथा नाजिर हुसेनले नै लेखेका हुन् । भिडियोले विकट गाउँबाट प्रदेश जाने युवाले आफ्नो घरमा श्रीमतीलाई गाहा्रो परेको खबर पाएर गाँउ फर्केर घर आइपुग्न साथ आफ्नी जीवनसंगीनीले नवजात शिशु मायाको चिनो दिएर संसार छाडी सकेको पीडालाई वास्तविक रुपमा देखाएको छ ।

सार्वजनिक गीतको भिडियोलाई हरि हुमागाईँ र नाजिर हुसेनले निर्देशन गरेका हुन् । भिडियोमा डिओपी तथा सम्पादन निर्देशक हुमागाँइकै रहेको छ भने उत्तम हुमागाँईको छायांकन रहेको छ । यस्तै, भिडियोमा प्रविन मानन्धरको वीएफएक्स र कलरिङ छ ।
हुमागाईँ पछिल्ला केही समयमा छायांकनका साथै म्युजिक भिडियो निर्देशन तर्फ हावी हुँदै गएका छन् । जसले सयौँ म्युजिक भिडियोको छायांकन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अञ्जिला’ आगामी माघ ११ मा रिलिज हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट

रंगमञ्चमा उदाएर फेरि रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर

आरजुलाई मिस ई–कलेजको ताज

सिजन मिडिया प्रालिले मङ्गलबार काठमाडौँमा आयोजना गरेको मिस ई–कलेज २०२४ का ताज आरजु

पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।