सुनिता र गंगाराजको ‘यस्तो एउटा संसार’



काठमाडौं।  गायिका सुनिता थेगिम र गायक गंगाराज राईको स्वर रहेको ‘यस्तो एउटा संसार’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक गंगाराजकै संगीत रहेको सार्वजनिक गीतका शब्द जानु काम्बाङ लिम्बुका हुन् ।

एक प्रेमील जोडीको रोमाञ्चिक प्रेम कहानीले भरिएको ‘यस्तो एउटा संसार’को भिडियोमा अभिनेता ध्रुव दत्त र मोडल रोजिना ढकालको अभिनय रहेको छ ।

डेढ दशकदेखि लन्डनमा बसेर म्युजिक भिडियो निर्देशनसँगै संचारकर्ममा पनि व्यस्त रहेका निर्देशक कुशल श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको निर्माण लन्डनको स्थानीय राजनीतिमा पाइला चाल्दै गरेकी सुमन पुनले गरेकी हुन् ।

यस्तै म्‍युजिक भिडियोको छायांकन र सम्पादन निर्देशक श्रेष्ठले नै गरेका हुन् । कुशल बेलायतका सञ्चारकर्मी हुन् । उनले निर्देशन गरेका दर्जनौं म्युजिक भिडियोभन्दा यो केही पृथक रहेको दाबी गरिएको छ । दीपिका श्रेष्ठको  कोरियोग्राफी र मेकअप रहेको गीतमा उदयराज पौडेलको एरेन्ज तथा किशोर थापाको मिक्सिङ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अञ्जिला’ आगामी माघ ११ मा रिलिज हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट

रंगमञ्चमा उदाएर फेरि रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर

आरजुलाई मिस ई–कलेजको ताज

सिजन मिडिया प्रालिले मङ्गलबार काठमाडौँमा आयोजना गरेको मिस ई–कलेज २०२४ का ताज आरजु

पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।