‘परदेशी-२’ कात्तिक ३ मा प्रदर्शन हुने



काठमाडौं । वरिष्ठ लोक गायक नारायण रायमाझीको निर्देशनमा निर्माण भएको चलचित्र ‘परदेशी २’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमाको यसअघि यस वर्षको दशैं असोज १४ गते प्रदर्शनमा आउने तयारीमा थियो ।

तर, त्यो मितिमा सिनेमा रिलिजको ठूलो भीडभाड भएपछि सरेर फागुन ५ मा पुग्यो । फागुन ५ मा पनि प्रदर्शन हुन नसकेको ‘परदेशी २’ अब आगामी वर्षको कात्तिक ३ गतेबाट प्रदर्शन हुने भएको छ । निर्माण टिमले एक भिडियोमार्फत् प्रदर्शन मिति घोषणा गरेको हो ।

‘परदेशी २’को प्रदर्शन मिति घोषणा गर्न तयार पारिएको भिडियोमा अमेरिका बस्ने सन्तान (प्रकाश सपूत)ले आमासँग यसपालीको दशैं र फागुनमा नेपाल आउँछु भने पनि विभिन्न कारणले आउन नसकेको अवस्थालाई सिनेमाको रिलिज गर्नुको कारणको रुपमा व्याख्या गरिएको छ भने प्रकाशले अबको दशैंमा घर आउँछु भनेर गरेको वाचालाई नयाँ प्रदर्शन मितिको रुपमा प्रष्ट्याइएको छ ।

चलचित्रमा प्रकाशका अलावा नीर शाह, रमा थपलिया, केकी अधिकारी, वर्षा सिवाकोटी, दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, सुशील पोखरेल, सविन बास्तोला, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको पनि अभिनय छ ।

गायक सपूतले यही चलचित्रबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् । राजेश बंशल र नारायण रायमाझीले मिलेर चलचित्रको निर्माण गरेका हुन् । नारायण इन्टरनेशनलको प्रस्तुतिमा निर्माण भएको चलचित्रको कथा रमेश बिजीले लेखेका हुन् ।

बिबि अनुरागीको संगीत रहेको चलचित्रमा रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व निर्देशन, दीर्घ खड्काको सम्पादन र मानकृष्ण महर्जनले छायाँकन छ । नेपाल र अमेरिकामा छायाँकन गरिएको चलचित्रको वितरण उपत्यकामा डिसीएन र उपत्यकामाबाहिर एफडी कम्पनीले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ