‘छक्का पञ्जा ४’ हेर्न हलमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनाल



काठमाडौं । घरेलु बक्सअफिसमा राम्रो व्यापार गरिरहेको चलचित्र ‘छक्का पञ्जा ४’ लाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल हेरेका छन् ।

पूर्वप्रधानमन्त्रीद्वयसँगै पूर्व पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालगायतले कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा पुगेर चलचित्र हेरेका हुन् ।

राजनीतिक विषयवस्तुलाई केन्द्रमा राखेर बुनिएको कथामा तयार भएको चलचित्र हेरेर नेताहरूले निर्माण टिमलाई बधाई दिएका निर्माता तथा कलाकार निर्मल शर्माले जानकारी दिए । “दर्शकसँगै बसेर चलचित्र हेर्नुभयो । उहाँहरूले आफैँले टिकट समेत खरिद गर्नुभएको हो”, निर्माता शर्माले उनले भने । देशलाई अगाडि बढाउने नेतागणले चलचित्र र यो क्षेत्रलाई दिएको समयप्रति कृतज्ञ छौँ । उहाँहरूको सहयोगले नै यो उद्योगले अन्य झैँ फड्को मार्नेछ ।”

वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्वयले चलचित्र हेर्ने खबर पाएपछि निर्माता शर्मासँगै अभिनेता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेत्री बेनिशा हमाल र अभिनेता तथा हास्य कलाकार केदार घिमिरे चलचित्र भवन पुगेका थिए ।

समसामयिक राजनीतिको प्रवृत्तिलाई कटाक्ष गर्ने चलचित्रले घरेलु बजारमै १० करोडभन्दा बढीको ग्रस व्यापार गरिसकेको निर्माण पक्षको दावी छ । हेमराज विसीको निर्देशनमा तयार भएको ‘छक्का पञ्जा ४’ हेरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अरुलाई समेत हेर्न सिफारिस गरेका छन् ।

“नेपाली राजनीति र समाजलाई कलाकात्मक ढङ्गले व्यङ्ग्यात्मकरूपमा गरिएको प्रहार र प्रस्तुति गज्जब छ । सम्पूर्ण समूहलाई बधाई”, मन्त्री किरातीले भने । चलचित्रलाई केही दिन अगाडिनै पूर्वमन्त्री योगेश भट्टराई, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले समेत हेरेर प्रतिक्रिया दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लण्डनमा गुन्जियो कन्दरा

बेलायत । ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली व्याण्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट

‘पूर्णबहादुरको सारंगी’ का निर्देशक पौडेलद्वारा नयाँ फिल्म ‘कोशेढुंगा’ निर्देशन गर्ने घोषणा

काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलले नयाँ फिल्म निर्देशनको घोषणा

तीन पुस्ताको सहकार्यमा तयार भयो ‘सपनीमा’

  काठमाडौँ । नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ का लागि ‘सपनीमा’ बोलको

चिनियाँ चलचित्र महोत्सव पुस २५ मा

काठमाडौँ । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले यही पुस