‘जारी’ को ट्रेलर’(भिडियोसहित)



काठमाडौं । नेपाली चलचित्रको इतिहासमा घरेलु ‘बक्सअफिस’मा राम्रो कमाई गर्ने ‘कबड्डी’ शृङ्खलाका लेखक उपेन्द्र सुब्बा निर्देशक बनेका छन् । कविसमेत रहेका सुब्बाले आफू निर्देशित चलचित्र ‘जारी’ को ‘ट्रेलर’ सार्वजनिक गर्दै योजनागत रूपमा निर्देशक नबनेको बताए ।

“म राम्रो निर्देशक बन्छु भन्ने सोचले आएको होइन । राम्रो र फरक कथा भन्छु भन्ने योजनाअनुरूप आएको हुँ”, निर्देशक सुब्बाले भने, “ नयाँ पुस्तासम्म यो कथा ल्याउनुपर्छ भनेर चलचित्र नै तयार गरेको हुँ ।”

उनले लिम्बू समुदायमा रहेको जारी प्रथाको कथावस्तुमार्फत वैवाहिक सम्बन्ध, महिला स्वतन्त्रता र दाम्पत्य जीवनको आयामलाई चित्रण गर्ने चलचित्रमा एकअर्कालाई बुझेर अगाडि बढ्नुपर्ने सन्देश रहेको जानकारी दिए । अभिनेता दयाहाङ राईले मन परेको कथामा भूमिका निर्वाह गरेको जनाकारी दिए ।

“यसले श्रीमानसँगै श्रीमतीको स्वतन्त्रतालाई समेटेको छ । जीवनसाथी छनोट गर्ने महिलाको अधिकारलाई पनि हामीले यहाँ देखाएका छौँ”, अभिनेता राईले भने । सोही मितिमा आफू अभिनित अर्को चलचित्र ‘बिहे पास’ समेत प्रदर्शन हुनुलाई उनले सहजरूपमै लिन आग्रह गरे ।

“सायद कोरोनापछि तयार भएका चलचित्रलाई दर्शकसम्म पुर्याउन सबैले राम्रो समय हेर्नुभएको हुन् सक्छ । म यहीँ समयमा छायाङ्कनमा समेत हुन्छु । यद्यपि यो सब प्रक्रिया नै हो”, उनले भने ।
अभिनेत्री मिरुना मगरले आफ्नी आमा लिम्बू भएकाले लिम्बू समुदायप्रति लगाव रहेको बताइन् ।

“मैले सानैदेखि देख्दै आएको कुराहरू नै चलचित्रमा गरे । यद्यपि यसलाई कुनै एकभन्दा पनि सबैले महसुस गर्नुहुनेछ । किनकि यो हाम्रै समाजको कथा हो”, अभिनेत्री मगरले भनिन् ।

चलचित्रलाई ‘कबड्डी ४’ का निर्देशक रामबाबु गुरुङले निर्माण गरेका छन् । उनले राम्रो कथालाई दर्शकसम्म पुर्याउन आफू र आफ्नो टिमले निर्माणममा सहकार्य गरिरहेको बताइन् । चलचित्र ‘जारी’ आउँदो वैशाख १ मा प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो

स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ