रमेश विजीको ‘मैसाब’



काठमाडौं । चर्चित मोडल गणेश भट्ट अभिनित मैसाब गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शिवजी डान्स सेन्टरले तयार पारेको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो।

सुमन परियार र सुनिता हमाल ठकुरीको स्वरमा रहेको गीतमा रमेश विजीको शब्द रहेको छ। गीतमा सुमन परियारले नै संगित भरेका छन्। शिवजी क्षत्री निर्देशित गीतको म्युजिक भिडियोमा भट्टलाई पछिल्लो समयकी चर्चीत मोडल अस्तिता रनपालले साथ दिएकी छन्।

शिवजी डान्स सेन्टरका निर्देशकसमेत रहेका क्षत्रीले गीतको कथावस्तु नविन रहेको र यसमा आफूहरूले ठूलो मिहिनेत गरेको बताए। ‘हामी सांगीतिक क्षेत्रमा केही फरक र नविन गर्न चाहन्छौं। हामीले यसअघि पनि थुप्रै गीत निर्देशन गरिसकेका छौं। हाम्रा प्रस्तुतिहरूलाई दर्शकले औधि रुचाउँदै आउनु भएको छ। विगतमा झैँ यस गीतलाई पनि यहाँहरूले मन पराइदिनुहुनेछ भन्ने विश्वास लिएका छौं,’ उनले भने।

यस्तै मोडल भट्टले यो आफ्नो अभिनय जीवनको नविन र विशिष्ट प्रयास भएको बताए। ‘मैले गीतका लागि अभिनयमा निकै मिहिनेत गरेको छु। यसअघि उत्कृष्ठ अभिनय गरेवापत राष्ट्रकै एतिहासिक रारा म्युजिक अवार्डबाट राष्ट्रपतिको हातबाट सम्मानित हुने अवसर पाएको छु,’ उनले भने।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ ‘देव वाणी’को फर्स्टलुक पोस्टर

काठमाडौं । आगामी पुस २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘देव वाणी’को

परदेशीको पीडा र बाध्यतालाई समेटिए नयाँ गीत सार्वजनिक

काठमाडौं । ‘परदेशी–२’ फिल्ममा समावेश नयाँ गीत ‘हिजो काम…’बोलको गीत सार्वजनिक गरिएको छ

नेपाली सेनाको योगदान झल्काउने गीत

  काठमाडौँ । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा सिर्जित ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली

यस्तो छ ‘वानर सेना’को ट्रेलर

काठमाडौं । असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वानर सेना’को अफिसियल ट्रेलर