‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक



काठमाडौं । नारी दिवसको अवसर पारेर चलचित्र ‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।

सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भुमिका रहेको चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको छ। चलचित्रको फर्स्ट लुकलाइ कलात्मक रुपमा बनाइएको छ।

एथोलजी विधामा रहेको यस चलचित्रमा नारी पात्रको शशक्त र अब्बल अभिनय रहेको छ। चार नारी पात्रको कथा समेटिएको यस चलचित्रमा नारीहरुको विभिन्न रूप र रंगका साथ बाँधिएको छ ।

चार जना नारीलाइ मुख्य पात्र बनाएर निर्माण गरिएको चलचित्रको निर्माता पनि नारी नै रहेकी छन्। चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण बहेको चलचित्रमा चार नारी पात्रको कथा समेटिएको छ।

चलचित्रका निर्देशक गणेश देव पाण्डे हुन्। जसले यो भन्दा पहिले मन्जरी, गाजा बाजा जस्ता सफल चलचित्र निर्देशन गरी सकेका छन् । बिबेक खड्काको छायाँकन रहेको चलचित्रको सम्पादन अन्जय खड्काले गरेका छन् ।

चलचित्रको कार्यकारी निर्माता नविन भट्टले हुन् । चलचित्रको प्रदर्शन मिति भने फाइनल हुन बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।