‘छक्का पञ्जा ४’ को ट्रेलर सार्वजनिक



काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक गरिएको छ। प्रदर्शनको दुई साताअघि निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलरमा फिल्मका अधिकांश कलाकारहरूलाई स्थान दिइएको छ । हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा दीपक र दीपासँगै निर्मल शर्मा, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, राज आचार्य, बेदना राई, सुष्मा निरौला, नीर शाह, सविन बास्तोला, बेनिशा हमाल लगायतको अभिनय छ ।

दीपकराज गिरीकै कथा एवं लेखन रहेको फिल्म राजनीतिक विषयवस्तुमा निर्माण भएको हो । दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा निर्मल शर्मा र केदार प्रसाद घिमिरे छन् । चलचित्र फागुनको १९ गतेबाट प्रदर्शनमा आउँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेसको कथामा चलचित्र ‘राजागंज’

धनुषाधाम । चर्चित निर्देशक, लेखक तथा निर्माता दीपक रौनियारको नयाँ फिल्म ‘राजागंज’ आगामी

यस्तो छ ‘मायाबी’ को ट्रेलर

काठमाडौं । फागुनको १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘मायाबी’ को ट्रेलर सार्वजनिक भएको

‘सुनिँदैनन् वसन्त गीतका राग’

महोत्तरी । ‘मधुमासक मदमातल मनुआ, चैढते फागुन अगराए रहल दिनमणि ऋतुराजक साधकसन वासन्ती

जितु नेपाल ‘परालको आगो’मा अनुबन्धित

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म