प्रविशा अधिकारीको ‘परिचय'(भिडियोसहित)



काठमाडौँ । गीतकार नमिता दवाडीको परिचय ! ‘एउटा कथा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका प्रविशा अधिकारीको स्वर रहेको गीतमा ज्ञानेन्द्र गिरीको संगीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ । भिडियोले पुरुष शरीर भित्रको महिला मनोविज्ञानमा आधारित तेस्रो लिंगीहरुको अस्तित्वको खोज र जीवन संघर्षको कथालाई देखाउन खोजेको छ ।

समाजमा तेस्रो लिंगीहरुले भोग्नु परेको पीडा र हेयको दृष्टिमाथिको प्रश्न गीतको भिडियोमा उठाइएको छ । गीतले तेस्रो लिंगीहरुले पनि समाजमा ससम्मान, समान अधिकार पाएर बाँच्न पाउनु पर्छ भन्ने आशय व्यक्त गरेको गीतकार दवाडी बताउँछिन् ।

भिडियोमा अभिनेता आकाश श्रेष्ठ, डाक्टर रमिल अधिकारी र कविता रेग्मीको अभिनय देख्न सकिन्छ । निर्देशक प्रकाश धितालको अहिलेसम्मकै भिन्न प्रस्तुतीका रुपमा रहेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् ।

हाल न्युजल्याण्डमा रहेकी गोरखाकी गीतकार दवाडीका यसअघि ‘म मजदुर मायाको’, ‘भन को थियो’ बोलका गीतको भिडियो बजारमा आइसकेका छन् । उनको कविता संग्रह ‘जीवन नदीको किनारै किनार’ पनि प्रकाशित छ । त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातोकोत्तर दवाडी नेपालमा रहँदा लामो समय अध्यापन पेशामा संलग्न रहिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ