रिलिजको तीन दिनअघि ‘ह्यारीकी प्यारी’को प्रिमियर



काठमाडौं । रिलिजको तीन दिनअघि चलचित्र ‘ह्यारीकी प्यारी’को प्रिमियर गरिएको छ । मंगलबार बेलुका कमलपोखरीस्थित बिग मुभिज मल्टिप्लेक्समा आयोजित समारोहमा सेलिब्रिटी, सञ्चारकर्मी र अन्य निम्तालु उपस्थित रहे । प्रसिद्ध चिकित्सक तथा गीतकार डा. भोला रिजालको फिल्म निर्माण कम्पनी बीआर प्रोडक्सन यो कमेडी र सोसल ड्रामासँगै फिल्म निर्माणमा फर्किएको हो ।

रिजालका सुपुत्र तथा दन्त चिकित्सक डा. कपिल रिजालले डेब्यु निर्देशन गरेको फिल्मले ग्रामीण युवकले सपना पूरा गर्न गर्ने संघर्षको कथा पेस गर्छ । फिल्मका कलाकारहरु साम्राज्ञी शाह, जितु नेपाल, विजय बरालसहित निर्माता भोला रिजाल, लेखक सुदीप बरालसहितको कास्ट एण्ड क्रिउ टिम प्रिमियरमा उपस्थित रह्यो ।

यसअघि जितुसँग ‘छक्कापञ्जा’ सिरिजमा सहकार्य गरेका दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे पनि प्रिमियरमा सहभागी भए । कलाकारहरु आकाश अधिकारी, ज्ञानेन्द्र देउजा, रमेश उप्रेती, हिमेश पन्त, सन्तोष पन्त, यशकुमार पनि फिल्म हेर्न बिग मुभिज पुगे । प्रिमियरपछि आयोजित मिडिया कन्फ्रेन्समा सबै कलाकारले फिल्मको प्रशंसा गरे ।

उनीहरुले अभिनयदेखि कथावस्तु आफूहरुलाई मन परेको बताए । यो फिल्म आगामी शुक्रबार देशव्यापी प्रदर्शन हुँदैछ । प्रिमियरमा साम्राज्ञी हट एण्ड स्टाइलिस आउटफिटमा उपस्थित थिइन् । साम्राज्ञी आफ्नी आमालाई लिएर प्रिमियरमा पुगेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रंगमञ्चमा उदाएर फेरि रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर

आरजुलाई मिस ई–कलेजको ताज

सिजन मिडिया प्रालिले मङ्गलबार काठमाडौँमा आयोजना गरेको मिस ई–कलेज २०२४ का ताज आरजु

पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

सर्लाहीमा ‘मेयर’ को ११ हजार जनतामाझ छायाङ्क

काठमाडौं । सर्लाहीमा छायाङ्कनरत फिल्म ‘मेयर’ स्थानीय ११ हजार जनतामाझ छायाङ्कन गरिएको छ