अष्ट्रेलियाको एडिलेड शहरमा नेपथ्यको कन्सर्टमा यसरी झुमे दर्शक



काठमाडौं । अष्ट्रेलियामा जारी नेपथ्यको दोश्रो कन्सर्ट शनिबार सम्पन्न भएको छ। शनिबार राति अष्ट्रेलियाको एडिलेड शहरमा भएको सांगीति प्रस्तुतीमा त्यहाँ रहेका दर्शकले नाँचेर साथ दिएका छन् ।

कार्यक्रम एडिलेड शहरको हिण्डले म्यूजिक हलमा भएको थियो । ब्याण्डको यस अघिको कन्सर्टपनि यो शहरको सोही हलमा सम्पन्न भएको थियो। कन्सर्ट आयोजक गगन गिरीले यसपटकको शो एडिलेडमा आजसम्मकै सबैभन्दा ब्यापक र व्यवस्थित बनेको बताएका छन्।

एडिलेड सहरमा चौथोपटक प्रस्तुत दिएको नेपथ्यले हिण्डले हलमा भने तीन वर्षको अन्तरालपछि यो दोश्रोपटक आफूलाई उभ्याएको थियो । कार्यक्रमको प्रारम्भमै ब्याण्डको भर्खरै रिलिज भएको गीत ‘भटभटे’ प्रस्तुत गरिएको थियो ।

त्यसपछि क्रमशः ‘छेक्यो छेक्यो’, ‘भेँडाको ऊन’ हुँदै ‘लामपाते सुरती’ दगायतका गीत प्रस्तुत गरिएको थियो । एडिलेडको कार्यक्रम सम्पन्न भएसँगै ब्याण्ड अब क्वीन्सल्याण्ड राज्यतर्फ प्रस्थान गर्नेछ । ब्रिसबेनस्थित ‘फोर्टिच्यूड म्यूजिक हल’मा जनवरी ३१ तारिखका दिन नेपथ्यले फेरि पनि उसका नयाँ पुराना लोक रक धुनहरु घन्काउनेछ ।

ब्रिसबेनपछि फेबु्रअरी ३ तारिखका दिन केन्द्रिय राजधानी क्यानबेरा, ५ तारिख पर्थ, १० तारिख सिड्नी, १३ तारिख मेलबर्न र अन्त्यमा फेब्रुअरी १७ तारिखका दिन होबार्टमा आफूलाई प्रस्तुत गरेपछि ब्याण्ड स्वदेश फर्किनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समीक्षा र दुर्गेशको ‘दुस्मन हेरेको हेर्‍यै

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाले नयाँ गीत ‘दुस्मन हेरेको हेर्‍यै ’

आनी छोइङको ‘जिन्दगीको पाठशाला’मा मिथिला शिक्षिका बनेपछि…

काठमाडौं । आनी छोइङ डोल्माको स्वरमा रहेको गीत ‘जिन्दगीको पाठशाला’ सार्वजनिक भएको छ

तमु ल्होसारको अवसरमा चलचित्र ‘कुस्ती’ घोषणा

काठमाडौँ । तमु ल्होसारको अवसरमा कलाकार बुद्धि तामाङले चलचित्र ‘कुस्ती’ निर्माण गर्ने घोषणा

स्याङ्जाका चन्द्र गुरूङलाई गुरूङ पोसाक फोटो प्रतियोगिताको उपाधि

मलेखु (धादिङ)  । नेपालका गुरूङ समुदायको राष्ट्रिय पोसाक फोटो प्रतियोगिता ‘गुरूङ ड्रेस फोटो