दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशको अध्यक्षमा कार्की



कर्णाली । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कर्णाली प्रदेश कार्यसमिति अध्यक्षमा हरिमाया कार्की निर्वाचित भएका छन् ।

प्रतिष्ठानको दोस्रो अधिवेशनबाट कार्की निर्विरोध निर्वाचित भएका हुन् । ३५ सदस्यीय प्रदेश कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा तुलसी शाही, प्रथम उपाध्यक्षमा खगेन्द्र गौतम, द्वितीय उपाध्यक्षमा धनबहादुर घर्ती, महिला उपाध्यक्षमा सृजना परियार निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा भानु रिजाल, कोषाध्यक्षमा केशरबहादुर थापा र सहसचिवमा याम थापा र नवराज भण्डारी निर्वाचित भएको अध्यक्ष कार्कीले जानकारी दिए ।

उनकाअनुसार समितिका सदस्यहरूमा कुलबहादुर वली, रङ्गबिरही कार्की, निर्मला गाहामगर, रुद्रबहादुर गाहामगर, नन्दकृष्ण न्यौपाने, तीर्थराज पुरी, मोहन बुढा, सुरेन्द्र आचार्य र चन्द्रबहादुर बडुवाल रहेका छन् ।

कर्णालीको कला, संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन तथा मौलिकपन बचाउने गरी प्रतिष्ठानले आफ्नो कार्ययोजना बनाएर अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष कार्कीले बताए । दोस्रो अधिवेशनमा कर्णाली प्रदेशको डोल्पाबाहेक नौ जिल्लाका अध्यक्ष तथा प्रदेश प्रतिनिधिको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।