कपिल रिजालको डेब्यु निर्देशकीय ‘ह्यारी कि प्यारी’को ‘धरहरा’



काठमाडौं । डा. कपिल रिजालको डेब्यु निर्देशकिय सिनेमा ‘ह्यारी कि प्यारी’को पहिलो गीत ‘धरहरा’ सार्वजनिक भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा सिनेमाको गीत सार्वजनिक गरिएको हो । गीतमा अभिनेत्री रेखा थापाले नृत्य गरेकी छन् । शिखर सन्तोषकोे संगीत, डाक्टर भोला रिजालको शब्द रचना रहेको सपन कुमार राई र मिना निरौलाको स्वर सुन्न सकिन्छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री थापासँगै अभिनेताद्धय जितु नेपाल र विजय बराल पनि फिचर्ड छन् । अभिनेत्री रेखा थापाले लामो समयपछि गेष्ट रोलमा नै भएपनि पर्दामा फर्किन पाएकोमा खुसी व्यक्त गरिन् ।

पछिल्लो समय आफू अभिनयसँगै राजनीतिमा पनि सक्रिय भएकाले सिनेमामा फर्किन समय लागेको बताइन् । चाँडै आफु मुख्य अभिनेत्रीको रुपमा पर्दामा फर्किने तयारी भैरहेको उनको भनाई छ ।

बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको सिनेमामा जितु र विजयका अलवा साम्राज्ञी राज्यलक्ष्मी शाह, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ ।

सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भूमिकामा प्रस्तुत छिन् । डाक्टर कपिल रिजालको प्रस्तुति निर्माण भएको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले मिलेर पटकथा र संवाद लेखेका हुन् ।

दन्त चिकित्सक डाक्टर कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यू गर्दैछन् । सिनेमामा डाक्टर भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ