‘रिभेन्ज लभ’को ट्रेलर सार्वजनिक



काठमाडौं । मन्दीप राना निर्देशित तेस्रो सिनेमा ‘रिभेन्ज लभ’को ट्रेलर सार्वजनिक भएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा नयाँ तथा पुराना कलाकारकको अभिनय रहेको छ । पोखराका युवाहरुले मिलेर सिनेमा निर्माण गरेका हुन् ।

सिनेमामा काम गर्ने कलाकार तथा प्राविधिक पनि अधिकांश पोखराकै छन् । प्रेममा बदला र समर्पणको कथावस्तु मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिएको निर्देशक राना बताउँछन् ।

श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतीमा निर्माण भएको सिनेमामा एक्सन, कोरीयोग्राफि र निर्देशन मन्दीप रानाको छ ।

निर्माता नवीन घतानेको गीत रचना, देशभक्त सिंह कुँवरको संगीत, रजनी राई र विजय कुमारको स्वर रहेको सिनेमामा मेकअप मोहन लामा, छायाँकन राहुल राई, पोस्टर डिजाइन सबिन गायक, सम्पादन नेत्र गुरुङ र अशोक आलेको छ ।

सिनेमाको निर्मातामा नवीन घताने र श्याम शुक्ला फिल्म प्रोडक्सन तथा सह-निर्मातामा बिजय कुमार, गीत सुनार र लक्ष्मी सुनारको रहेका छन् । श्याम शुक्ला प्रोडक्सनले डिजिटल राइट्स सिनेमा आगामी पौष १५ ल्होसारको अवसरमा हलमा नभई सिधै युट्यबमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार