साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’



काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर सिनेमा ‘तिम्रो मेरो साथ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘जोश छ जवानी’को बोलको गीतमा साम्राज्ञीको ग्ल्यामर अन्दाज देख्न सकिन्छ । साम्राज्ञीको पार्टी मुडमा कलाकार पुष्प र सन्दीप क्षेत्रीले साथ दिएका छन् । यस क्लब गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

योगेश काजी शाहको संगीत रहेको गीतमा रमेश एमके पौडेलको शब्द रचना र योगेश काजी शाह÷सारिका घिमिरेको स्वर छ । रमेश एमके पौडेलको निर्माण र निर्देशन रहेको सिनेमामा सबिर श्रेष्ठको कार्यकारी निर्माण तथा लेखन रहेको छ । पुष्प, साम्राज्ञी र सन्दीपसंगै सिनेमामा इमिली लामा, सरोज खनाल, खड्का बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ ।

शिव ढकालले छायांकन गरेको सिनेमामा सुवाष भुषाल÷योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

पुष २९ मा रिलिज हुने सिनेमामा पासाङ लामा, अर्नव पौडेल, आर्यन पौडेलको निर्माण र नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल, सुधिर पराजुलीको सहनिर्माण छ । प्रेमकथानक सिनेमाको टिजर र ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीत सार्वजनिक भैसकेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार